खोजवाणी
जनकपुरधाम ।

मधेश प्रदेश सरकारले अविरल वर्षाले पु¥याएको क्षतिका लागि पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठ करोड रुपैयाँ आपत्कालीन रकम विनियोजन गरेको छ ।

मधेशमा बाढीबाट भएको सडक क्षतिको पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकमसमेत विनियोजन गर्ने निर्णय गरेको छ ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले राहत तथा पुनःस्थापनाका लागि आठवटै जिल्लालाई एक÷एक करोड रुपैयाँ गरी आठ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको मुख्यमन्त्री सतीशकुमार सिंहले जानकारी दिए ।

मुख्यमन्त्री सिंहले देशभरिका बाढी र पहिरोको प्रकोपले मधेश पनि अछुतो नरहेको भन्दै आठवटै जिल्लामा समस्या भए पनि सप्तरीमा कोशी नदीका कारण हनुमाननगर कंकालिनी, रौतहटमा बागमती नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया र बागमती नदीका कारण बलरा नगरपालिकासहितका पालिकाहरु अति प्रभावित भएको बताए ।

मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद्को बैठकबाट सम्पूर्ण दातृ निकायहरुलाई राहतका लागि खुल्ला आह्वान पनि गरिएको बताए । उनले प्रभावित क्षेत्रमा पुग्न आग्रह गर्ने निर्णय भएको बताए । मुख्यमन्त्री सिंहले मधेशको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।