खोजवाणी
जनकपुरधाम ।
विजया दशमीको अवसरमा धनुषाको सबैलामा मधेश प्रदेशस्तरीय महिला तथा पुरुषको कबड्डी खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ ।
बिहीबार औपचारिक रुपमा उद्घाटन गरिए पनि आजदेखि प्रदेशस्तरीय कबड्डी खेलकुद प्रतियोगिताको सुरु भएको गुरास युवा क्लब सबैलाका अध्यक्ष नथुनी यादवले जानकारी दिए ।
सो कबड्डी खेलकुद प्रतियोगितामा बारा, धनुषा, सिरहालगायतका विभिन्न स्थानबाट कबड्डी खेलाडीहरुको सहभागिता रहेको जनाइएको छ ।
बिहीबार सबैला नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष ताहिर हुसैनको प्रमुख आतिथ्यतामा भएको सो कबड्डी खेलकु्द प्रतियोगिता कार्यक्रममा नेकपा माओवादी केन्द्र सबैलाका नगर अध्यक्ष युगेश्वर यादव, माओवादी केन्द्रका मधेश प्रदेश सदस्य रोशन यादव, नेपाली कांग्रेस नगर सभापतिसमेत रहेका भूतपुर्व खेलाडी खटरु यादव, नेकपा एमाले धनुषा जिल्लाका सदस्य राजुप्रसाद गुप्ता, लोसपा नेपालका नगर अध्यक्ष रामप्रसाद जयसवाल, भूतपुर्व अन्तर्राष्ट्रिय खेलाडी महेश प्रसाद यादव र पत्रकार चाँदनी झाले स्वागत मन्तव्य व्यक्त गरिन् ।






