दर्ता गराउनेदेखि कामकाजलाई थप प्रभावकारी बनाउने निर्णय

जनकपुरधाम ।

कमला सिचाइँ पश्चिम नहर प्रणाली परवाहा शाखाको सधारणसभाबाट विभिन्न निर्णय गरिएको छ ।
सो साधारणसभाबाट विधान पारित गर्दै संस्था दर्ता गर्ने, शाखाको वार्षिक कार्यक्रम तय, सिचाइँ सेवा शुल्क संकलन तथा व्यवस्थापन र साधारणसभा सदस्यबाट आएका विविध विषयवस्तुहरुमाथि समेत छलफल गरिएको जनाइएको छ ।

सो शाखाका अध्यक्ष सुजित मिश्रको अध्यक्षता सम्पन्न भएको सो साधारणसभाबाट पहिलोपटक विधान मस्यौदा समितिबाट तयार गरिएको विधान सर्वसम्मतबाट पारित गर्दै कामकारबाहीका लागि संस्था दर्ता गरिने अध्यक्ष मिश्रले जानकारी दिए ।

खेतखेतमा पानीको व्यवस्थापनका लागि नहर खन्ने, निर्माण गर्ने र विभिन्न ठाउँमा ड्याम निर्माण गरी पानी जम्मा गर्ने, बाढी तथा डुबानको व्यवस्थानलगायतका कामकारबाहीहरु लामो समयदेखि गर्दै आए पनि अहिलेसम्म संस्था दर्ता नहुँदा पर्याप्त कामकाजका लागि आवश्यक बजेट व्यवस्थापनमा पटक पटक समस्या उत्पन्न हुँदै आएकाले संस्थाको विधान साधारणसभाबाट पारित गर्दै छ्टिटै नै संस्थासमेत दर्ता गरिने अध्यक्ष मिश्रले बताए ।

सो शाखाले शाखाको कार्यक्रम शाखा, मूल समिति र कार्यालयको संयुक्त टोलीबाट मुहानदेखि पुच्छारसम्म सर्वे अध्ययनबाट कामको छनोट गरी प्रमुख कामलाई प्राथमिकतामा राख्दै सिचाइँको व्यवस्थापन गरिने अध्यक्ष मिश्रले स्पष्ट पारे ।

विगतमा समेत सेवावापतको शुल्क उठाउन बाँकी रहेको र यसपटकको पनि सेवा शुल्क उठाउन बाँकी रहेकाले यसका लािग समेत टोली निर्माण गरी सिचाइँ सेवा शुल्क संकलन गरिने उनले बताए ।

May be an image of 9 people and people studying

त्यस्तै सो साधारणसभामा साधारण सदस्यहरुबाट आएका विभिन्न सुझाव तथा गुनासाहरुलाई मध्यनजर गर्दै कामकाजलाई थप प्रभावकारी बनाउनका लागि संस्थालाई वैधानिकता प्रदान गर्न लागेको अध्यक्ष मिश्रले बताए ।

सो साधारणसभामा सो शाखाको मुल कमिटी अध्यक्ष श्यामबाबु यादव, सञ्जीव यादव, बरुण यादव, रामभगत यादव, रामवृक्ष यादव, हरिदेव यादव र प्रशाखाका अध्यक्षलगायतकाहरुको उपस्थिति रहेको थियो ।

May be an image of 7 people and people studying