जनकपुरधाम ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विवाहका लागि उमेरबारे छलफल थालिएको बताएका छन् ।
नेपाली समाजमा युवायुवती मिलेमतोमा भागि विवाहलगायतका घटनाहरु मौलाउन थालिएकोले विवाह गर्ने उमेरमाथि पुनर्विचार गर्न लागिएको बताए ।

जनकपुरधाममा मंगलबार मधेश प्रदेशसभामा आयोजना गरिएको वडादशैँ, दीपावली, छठपर्वलगायतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौरसियाले केटाकेटीहरु अभिभावकलाई जानकारी नदिई भाग्ने क्रम बढ्न थालेको यसको न्यूनीकरणका लागि आफूहरु गम्भीर रहेको बताउ । उनले केटाकेटीहरु प्रेममा परी भाग्न थालेपछि अभिभावकले अपहरण, बलात्कारलगायतका मुद्दा दायर गर्दा अन्यायमा पनि ती केटाकेटीहरु नै परिरहेको बताए । जसकारण समाजमा समेत गलत सन्देश प्रवाह हुने गरकाले विवाहको उमेर सच्याउनका लागि आन्तरिक गृहकार्य भइरहेको मन्त्री चौरसियाले स्पष्ट पारे ।

मधेश प्रदेशमा देखिएका कानुनीलगायतका समस्याहरुबारेमा आफू गम्भीर रहेकाले यसबारे पनि छिट्टै समस्या समाधान हुने उनले बताए ।

May be an image of 6 people, lighting, wedding and dais

मुख्यमन्त्री सतीशकुमार सिंहले यस प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी मधेश प्रदेश सरकारको रहे पनि प्रदेश समायोजन नहुँदा हामी गैरजिम्मेवार जस्तो देखिएको बताए ।

उनले मधेश प्रदेशमा आपारधिकलगायत विभिन्न खाले घटना तथा प्राकृति विपदालगायतका समस्याहरुबाट गुज्रिनु परिरहे पनि मधेश प्रदेश सरकारले केही गर्न नसक्नुको कारण केन्द्र सरकार रहेको आरोप लगाए ।

उनले प्रदेश प्रहरी समायोजनप्रति संघीय सरकार गम्भीर नरहेको आरोप लगाए ।

उनले प्रदेश सरकारको प्रशासनिक सञ्चालनमा समस्या आउनु, मधेश प्रदेशको शान्ति सुरक्षालगायतका सवालको समस्या समाधानका लागि प्रहरी समायोजन तत्काल गर्नुपर्ने माग समेत गरे ।

उनले मधेश प्रदेश धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेकाले यसको व्यापक प्रचारप्रसार संगसंगै यसका लागि गर्नुपर्ने विभिन्न कार्यहरुमा दुवै देशबाट मुद्राको सहजीकरण र पर्यटकीयलाई भ्रमणका लागि अर्थमा लगाइएको बन्देज समेत फुकुवा गर्न दुवै देशका सरकारसंग माग गरेका छन् ।

सो कार्यक्रममा सहभागी भएका संघीय सरकारका मन्त्रीहरुसंग आग्रह गर्दै पर्यटकहरुका लागि सीमावर्ती क्षेत्रमा नेपाल तथा भारत सरकारले मुद्रा सटहीको व्यवस्था, पर्यटकहरु सवारीसाधनसहित आउने भएकाले भन्सारमा सवारीको म्याद थपका लागि अनलाइन व्यवस्थालगायतका बारेमा सहजीकरण गरिए मधेश प्रदेशदेखि सात वटै प्रदेशमा घुमफिर गर्न चाहने पर्यटकका लागि निकै राहत मिल्ने बताए ।

सरकारले धार्मिक पर्यटनीय स्थलका लागि कम लगानी गरेमा धार्मिक पर्यटकहरु स्वतः वृद्धि हुनेसंगै मनग्य आम्दानी तथा स्वरोजगारीसमेतको सृजना हुने उनको भनाइ छ ।

May be an image of 2 people, temple, dais and text

मुख्यमन्त्री सिंहले सरकारले आफ्नो सबै प्रदेशवासीलाई रोजगारी दिन नसक्ने हुनाले नीजिस्तरमा पनि रोजगारीका लागि अग्रसर हुनुपर्ने बताए । उनले प्रदेश सरकारले सबैलाई जागिर दिन नसक्ने बताए ।

संघीय सांसद किरण कुमार साहले मधेश प्रदेशमा व्यापक रुपमा तस्करी मौलाएको भन्दै यसलाई रोक्नका लागि ध्यानाकर्षण गराएको विषयमा मुख्यमन्त्री सिंहले आफ्नो मातहतमा प्रहरी प्रशासनसमेत नरहेकाले सो विषयवस्तु प्रतिनिधिसभामा उठाउनका लागि माग गरे ।

सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा भएको शुभकामना आदनप्रदान कार्यक्रममा आमजनता पार्टीका अध्यक्षसमेत रहेका संघीय सांसद प्रभु साहले मधेशमा व्यापक रुपमा भ्रष्टाचार मौलाएको भन्दै आन्दोलनका लागि आग्रह गरे ।