जनकपुरधाम ।

धनुषामा गएराती आगलगी हुँदा घर र विभिन्न सामग्री जलेर नष्ट भएको छ ।

बटेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित राम कुमार महतोले सञ्चालन गरेको कुशवाहा टपरी उद्योगमा मंगलवार राति आगलागी हुँदा लाखौँ रुपैयाँको क्षति भएको जनाइएको छ ।

उद्योगसहित रहेको घरमा आगलागी हुँदा सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको पीडित परिवारजनले जनाएको छ ।
विद्युत सर्ट भएर आगो लागेको थियो ।

सो आगो नियन्त्रणका लागि बारुणयन्त्रका साथै नेपाल आर्मी र विशेष सुरक्षा बल ढल्केवर खटेका थिए ।