जनकपुरधाम ।

स्थानीय तहको उपनिर्वाचन अन्तर्गत धनुषाको धनुषाधाम नगरपालिकामा विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहीता उल्लंघन गर्दै गरेको गतिविधिहरु सार्वजनिक हुँदा पनि निर्वाचन आयोग मौन देखिएको छ ।

मत नदिने मतदातालाई अपहरण गर्ने, मासु वितरण गरी धम्क्याउने, प्रलोभनमा पार्ने, राज्य शक्तिको व्यापक दुरुपयोग गर्दै मनलाग्दी जथाभावी गर्ने, वीच बाटोमै पोस्टर, पम्पलेट, तुल, ब्यानरलगायतका प्रचारप्रसार सामग्रीहरु मौन अवधिमा निर्वाचन आचारसंहीता विपरीत देखिए पनि सम्बन्धि निकायको मौनताले विभिन्न प्रश्न उब्जाएको छ ।

जसले गर्दा धनुषाधाम नगरपालिका– १ मा हुन गइरहेको उपनिर्वाचन अघि नै नेपाली कांग्रेसले साम, दाम, दण्डभेदको नीति अख्तियार गरी मतदातालाई धम्क्याएर प्रलोभनमा पार्ने गरेको पाइएको छ ।

धनुषाधाम– १ का ५० वर्षीय जगदीश सदा आफ्नो घरमा काम गरिरहेको बखत कांग्रेसका रामचन्द्र मण्डलको समूहले अपहरणशैलीमा धनुषाधामको जंगलतर्फ लगेर एक थप्पड हिर्काउँदै गाछी छापमा मतदान गर्न भन्दै धम्क्याएको गुनासो गरे ।

कांग्रेसका स्थानीय नेता रामचन्द्र मण्डलले आफूलाई बोलाएर एक्कासी गाडीमा जवर्जस्ती धकेल्दै बसाएर धनुषाको जंगलतर्फ लगेको र एक थप्पड हिर्काउदै गाछीमा मतदान गर्नु भन्दै तीन किलोग्राम मासु दिई मलाई डरत्रास धम्की दिँदै घर जान भनेको पीडित जगदीश सदाले बताए ।

पीडित सदाले आफू दलित भएकै कारण मलाई दुव्र्यवहार गर्दै कांग्रेसका लठैतहरुले आफूलाई अपहरण गरी कुटपिट गर्दै प्रलोभनसमेत दिएको बताए ।

उनले धनुषाधामका प्रहरीलाई समेत सो कुरा जानकारी दिए । तर प्रहरीले भने आरोपीलाई अहिलेसम्म पक्राउ पनि गरेको छैन ।

त्यस्तै धनुषाधाम– १ मा निर्वाचनको पुर्वसन्ध्यामा निर्वाचन आचारसंहीता विपरीत पोस्टर, पम्पलेट, तुलबैनरलगायतका प्रचारप्रसार सामग्रीहरु विभिन्न स्थानमा झुण्ड्याए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय भने मौन देखिन्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाधामले कारबाही गर्न कुनै किसिमको चासो नदेखाउनु दुःखद रहेको आरोप स्थानीवासहरुको आरोप छ ।

परम्परागत रुपमै निर्वाचनको आचारसंहीता विपरित केही उम्मेदवारहरुले गतिविधि गर्ने गरेको देखिए पनि कारबाही नहुनु दुःखद रहेको रामदास यादवले बताए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.