
जनकपुरधाम ।
समाचार संकलनको क्रममा पत्रकार चाँदनी झालाई प्रहरीले दुव्र्यवहार गरेको घटनाको निन्दा गर्दै प्रेस सेन्टर नेपाल धनुषाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार धनुषाको धनुषाधाम नगरपालिका १ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको समाचार संकलन गर्न ठाकुर प्रसाद स्मृति भवन मतदान केन्द्रमा पुगेको बेला उनीमाथि दुव्र्यवहार भएको थियो ।
स्थानीय तहको उपनिर्वाचनको क्रममा मतदान केन्द्रमा सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक (सई) अशोक झाले मूलगेटमै प्राइम टेलिभिजन र टिभी टुडेका रिपोर्टर पत्रकार चाँदनी झामाथि नियतवश दुव्र्यवहार गरेको भन्दै प्रेस सेन्टर नेपाल धनुषाका सचिव अमरकान्त ठाकुरले दुव्र्यवहार घटनाको छानबिनको माग गर्दै कारबाहीको माग गरेका छन् ।
सचिव ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘२०८१ मंसिर १६ गते आइतबारका दिन धनुषाधाम नगरपालिका– १ मा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनको समाचार संकलन गर्न ठाकुर प्रसाद स्मृति भवन मतदान केन्द्रमा सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक (सई) अशोक झाले मूलगेटमै परिचयपत्र देखाउँदासमेत नियतवश दुव्र्यवहार गर्नु निन्दनीय हो । समाचार संकलनमा रहेकी चाँदनी झाले आफ्नो परिचयपत्र देखाएर अनुमति लिई मतदानस्थलमा प्रवेश गर्ने क्रममा दुव्र्यवहार गर्दै महिलालाई होच्याएर अभद्र शैलीमा सई अशोक झाले हप्काउने कार्यको घोरभत्र्सना गर्दछौँ ।’
सचिव ठाकुरले एक महिला पत्रकारसंग अशिष्टता, अभद्रता र असभ्यताका साथ प्रस्तुत भएकाले निजले गरेको दुव्र्यवहार घटनाको छानबिन गरी तत्काल कारबाही गर्नका लागि प्रहरी–प्रशासनसंग माग गरे ।
सो विज्ञप्तिमा ‘यससंगै सई अशोक झा एक महिला पत्रकारसंग अशिष्टता, अभद्रता र असभ्यताका साथ प्रस्तुत भएकाले निजले गरेको दुव्र्यवहार घटनाको छानबिन गरी तत्काल कारबाही गर्नका लागि प्रहरी–प्रशासनसंग माग गर्दछौँ ।’ उल्लेख छ ।