जनकपुरधाम ।

साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न भएको छ ।

जनकपुरधामको राम मन्दिरको प्रांगणमा आज तिलकोत्सव विधि सम्पन्न भएको छ ।

त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ । जानकी मन्दिरबाट भारसहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव राम मन्दिर पुगेका थिए ।

विवाहपञ्चमी कार्यक्रम अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधाम स्थित रहेको राम मन्दिरका महन्त राम गिरीले अंकमाल गरी सम्धी मिलान गरे । तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हासपरिहासका कार्यक्रमसमेत भयो ।

तिलकोत्सव कार्यक्रममा सीता पक्ष फलफूल, मिष्ठान लिएर श्रद्धालुहरु राम मन्दिरको प्राङ्गणमा आइ तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए ।

तिलकोत्सवमा दुलही पक्षका प्रतिनिधित्व गर्दै जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरी सम्धी मिलन गरे ।

विवाहपञ्चमीको पाँचौ दिन बिहीबार विवाहपञ्चमी महोत्सव अन्तर्गतको मटकोर विधि हुनेछ । शुक्रबार विवाहपञ्चमीको मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम हुनेछ भने शनिबार रामकलेवा गरेसँगै यस वर्षको विवाहपञ्चमी विधिवत रुपमा सम्पन्न हुनेछ ।

May be an image of 3 people and temple

May be an image of 5 people, wedding and text

May be an image of 7 people, wedding and text

May be an image of 6 people and weddingMay be an image of one or more people, crowd and text

May be an image of 2 people, henna and wedding

May be an image of 5 peopleMay be an image of 5 people and temple

May be an image of 5 people and people dancing