काठमाण्डौ

नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछ ।

आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङ गरिरहेको छ ।

जनकपुर अहिलेसम्म चार खेल जित्दै शीर्ष स्थानमा रहेको छ भने सुदूरपश्चिमले अहिलेसम्म पराजित हुँदै दोस्रो स्थानमा छ ।

त्यस्तै दोस्रो खेलमा दिउँसो सवा १ बजे काठमाण्डौ गुर्खाज् र लुम्बिनी लायन्स भिड्दै छन् ।