
खोजवाणी संवाददाता
जनकपुरधाम ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाज, जनकपुरधामले सञ्चालन गरिरहेको सशक्त वालिका परियोजना (जीएसएस) अन्तर्गतका क्रियाकलापहरुको अनुगमन कार्य सम्पन्न भएको छ । परियोजनाले प्रारम्भिक वाल विकास र संरक्षणको सवालमा काम गर्दै आएको हो ।
धनुषा जिल्लाको सबैला नगरपालिकाको वडा नं. ९, १०, ११ र १३ तथा शहीदनगर नगरपालिकाको वडा नं. ७ मा उक्त कार्यक्रम सञ्चालित छ । सबैला नगरपालिका ११ को इनर्वाटोलमा अन्तरपुस्ता संवाद कार्यक्रमको समिक्षा गरियो । गत सेप्टेम्वर महिनादेखि ११ – १९ वर्ष उमेर समुहका स्टिक एन्ड स्टोन सत्रमा सहभागी किशोरीहरु, किशोरीका आमा बुवाहरु,हजुरआमा हजुरबुवाहरु तथा वडाको प्रतिनिधि र नगरकार्यपालिका सदस्यहरु, जानकी महिला जागरण समाजको पदाधिकारीहरु र परयिोजनामा आवद्ध कर्मचारीहरुले अनुगमन गरेका हुन् ।
सहभागीहरुले आफ्ना अनुभव तथा कार्यक्रमले समुदायमा पारेका प्रभावबारे प्रकाश पारे । आगामी दिनमा बालविबाह विरुद्घ हुने गतिविधिमा सक्रियतापुर्वक लाग्ने प्रतिवद्धता पनि व्यक्त गरे । बाल विबाह न्युनीकरणमा परियोजनाले खेलेको भुमिकाको प्रसंसा सहभागीहरुले गरे भने आफ्नो वडा तथा नगरपालिकालाई बालमैत्री घोषणा चाडै गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रमको समापन सत्रमा जानकी महिला जागरण समाजका अध्यक्ष मन्दा कुमारी कर्णले समुदायमा किशोर किशोरीहरु, आमा बुबाहरु र हजुरबुवा हजुरआमा वीच संवाद हुने क्रम घटिरहेको र मोबालइल लगायतका प्रविधिहरुको प्रयोग बढेकाले हालको समयमा अन्तरपुस्ता संवादले फरक पुस्तावीच समभाव राख्न सहयोग गरेको जनाए । इनर्वा लगायतका क्षेत्रमा भागि विवाहको क्रम वढिरहेकोले यस्ता अभियानमा वडा र नगरपालिकाले पनि प्राथमिकताको साथ काम गर्न आवश्यक रहेको वडा सदस्य इशराजुल शेखले बताए ।