जनकपुरधाम । जनकपुरधाममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको भवन निर्माणका लागि प्रदान गरेको जग्गामा बार एशोसिएसन जनकपुरले विवाद उत्पन्न गरेको घटना प्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भने सो घटनालाई प्रेस सेन्टर नेपाललगायत विभिन्न संघसंस्थाले बारको रवैयाको आलोचनासहित निन्दा गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा गुठी संस्थानसँग सम्झौता गरेर जनकपुरधाम उपमहानगरपालिका–४ स्थित भूतनाथ मन्दिरको दक्षिणपट्टि चार कठ्ठा जग्गामा तारबार लगाउने क्रममा एसोसिएसनले सो जग्गा आफ्नो पार्किङ स्थल रहेको दाबी गर्दै कार्य रोक्न खोज्नु शोभनीय विषय नरहेको जनाएको छ ।

महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले सो जग्गा कानुनी प्रक्रिया पूरा गरी गुठी संस्थानसँग सम्झौता गरी महासंघले सो जग्गा प्राप्त गरेको बताएका छन् । तर बार एसोसिएसनले सो जग्गा पार्किङका लागि प्रयोग हुँदै आएको र कुनै हालतमा पत्रकार महासंघलाई प्रयोग गर्न नदिने अडान लिएका छन् । स
पत्रकार र वकिल बीच भएको झडपको क्रममा अध्यक्षसहित पाँचजनालाई चोटपटक लागेको छ भने उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भएको जनाइएको छ ।

घाइते हुनेमा महासंघका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, दिवाकर राय, अनिल निराला र विनिता यादव छन् ।
यता नेपाल बार एशोसिएसन जनकपुरधामका अध्यक्ष विमल मिश्रले विवादित जग्गालाई सल्ट्याउनका लागि आफूहरु सकारात्मक रहेको बताएका छन् । उनले आफूहरु समाधानका लागि समिति पनि गठन गरेको बताए ।

यता प्रेस सेन्टर नेपाल धनुषाले समेत एक विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको दुव्र्यवहारसहित अधिवक्ताहरुबाट कुटपिटसमेत हुनु निन्दनीय रहेको जनाएको छ ।
प्रेस सेन्टर नेपाल धनुषाका अध्यक्ष दीपक कुमार मिश्रले कागजी प्रक्रिया पुर्याइएर नेपाल पत्रकार महासंघले २० वर्षको लागि लिजमा लिएको जग्गामाथि जथाभावी रुपमा जाइ लाग्नु र पत्रकारको जग्गा कब्जा गर्नु लगायतको कार्यको घोरभत्र्सना गरेका छन् ।
May be an image of text