नेपाली कम्युनिष्ट पार्टीद्वारा निर्वाचन आयोगमा उम्मेदवार सूची दर्ता
काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आयोग नेपालमा पेश गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा डा. राजन झा को नाम समावेश गरिएको छ ।
चिकित्सक, अखिल क्रान्तिकारी केन्द्रका सचिवालय सदस्य तथा अनुभवी विद्यार्थी नेता डा. राजन झा को समावेशले पार्टीको समानुपातिक प्रतिनिधित्वलाई थप मजबुत बनाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ । उनी पछिल्लो १०/१२ वर्षदेखि अखिल क्रान्तिकारी आन्दोलनमा निरन्तर सक्रिय रहँदै आएका छन् ।
डा. झा यसअघि अखिल क्रान्तिकारीको एक निर्वाचनमा निर्विरोध निर्वाचित भइसकेका अनुभवी संगठनकर्ता हुन् । विद्यार्थी आन्दोलनदेखि राष्ट्रिय राजनीतिसम्म निरन्तर संघर्षमा सक्रिय रहँदै आएका उनी संगठनात्मक क्षमता, वैचारिक स्पष्टता र नेतृत्व क्षमताका कारण पार्टीभित्र स्थापित व्यक्तित्वका रूपमा परिचित छन् ।
सामाजिक न्याय, शैक्षिक सुधार, विद्यार्थी अधिकार र युवाको निर्णायक सहभागितालाई प्राथमिकतामा राख्दै राजनीतिमा सक्रिय डा. झा न्भल–श् उमेर समूहको प्रतिनिधि नेतृत्वका रूपमा हेरिँदै आएका छन् ।
निर्वाचन आयोग, नेपालका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्ने प्रक्रिया अनुसार नेपाली कम्युनिष्ट पार्टीले यही पुस १४ गते बन्दसूची दर्ता गराएको छ । उक्त निर्वाचन आगाममी फागुन २१ गते सम्पन्न हुने कार्यतालिका रहेको छ ।
पार्टीभित्र वैचारिक प्रतिबद्धता, लामो संगठनात्मक अनुभव र बौद्धिक क्षमताका कारण डा. झाको भूमिका आगामी दिनमा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
डा. झाले तारा चिह्नमा मतदान गर्न युवासहित सबैमा आग्रह गरेका छन् ।
