परिक्रमा डोला राख्ने स्थलमा पर्खाल निर्माण

जनकपुरधाम । प्रतिनिधिसभा सदस्य निर्वाचनको कारण मिथिला–मधेशमा धार्मिक पदयात्रा प्रभावित हुने भएको छ ।
सबैभन्दा लामो धार्मिक पदयात्राको रुपमा रहेको ऐतिहासिक माध्यमिक परिक्रमाको अन्तःगृह परिक्रमा घुम्ने जनकपुरधाम– ७ स्थित बलवाटोलमा रहेको पडावको बाटोसहित जग्गामा काँटीसहितको एकजना व्यक्तिले पर्खाल निर्माण गरेको छ ।

उक्त पर्खाल निर्माणले परिक्रमा घुम्ने तीर्थालु तथा पदयात्रुलाई समस्या हुने मिथिला बिहारी मन्दिरका महन्त रामनरेश शरण र स्थानीयवासीले गुनासो गरे । उनीहरुले भने साबिकदेखि परिक्रमा घुम्दै आएको बाटो सहितको जग्गामा यसरी कांटी राखेर गरिएको पर्खाल निर्माणमा श्रद्धालु तिर्थालु घाइते हुन सक्ने जोखिम बढेको छ ।

धनुषाको मिथिलाबिहारीको डोला राख्ने चबूतरासँगै वडा नम्बर ८ का शत्रुध्न साहको जग्गा रहेको छ । शत्रुध्न साहले आफ्नो जग्गा घेरबार गर्न साबिकदेखिको बाटो र डोला राख्ने चौतारा राख्ने ठाउँको जग्गा समेत पर्खाल निर्माण गरेको स्थानीयको आरोप छ । स्थानीय विजय राउतले भने यो विवाद अहिलेदेखि होइन पर्खाल निर्माण गरिएको दुई वर्षअघि देखि नै हुँदै आएको छ ।

यहाँ समस्या समाधानका लागि प्रहरी, सिडिओ, नगर प्रमुख सबै आइसकेका छन् । तर पनि समस्या समाधान हुन सकेको छैन । उनले भने २०५१ सालतरिसम्म साहको करीब १५ धुर जग्गा थियो । पछि मालपोत र नापीलाई मिलाएर के कसरी २६ धुर जग्गा कायम गरी पर्खाल निर्माण गरेका छन् ।

पर्खाल निर्माणकै बेला विवाद हुँदा रोकियो तर पछि रातिको बेलामा केही गुण्डाहरु राखेर बलजफ् ती त्यो पर्खाल निर्माण गराएका छन् । त्यसता विवाद हुँदै नै आएको छ । अर्का स्थानीय नाम नबताउने शर्तमा भने जानकीराम साह वडाध्यक्ष हुँदा पर्खाल निर्माण गर्न दिएन । बरु उनले बाटो छुट्याउने गरी चौताराभन्दा ११ फिट अगाडी साबिकदेखिको पैनी÷नाला रहेकोमा त्यसमा हेमपाइप समेत जडान गरिदियो । तर उनको कार्यकाल समाप्त भए लगतै निरज साह ‘मुन्ना’ वडाध्यक्ष बनेपछि के कसरी मिलेमतोमा चौताराभन्दा मात्र ४÷५ फिट जग्गा छोडेर पर्खाल निर्माण गर्न लगाई दियो । उनले भने यसको गुनासो गर्न जाँदा वडाध्यक्ष मुन्नाले लालपूर्जा बमोजिम जग्गाधनीले आफ्नो पर्खाल निर्माण गरेको भनी फर्काइ दियो । त्यसता चासो लिएको छैन । उनका अनुसार कल्भर्टकै माथि भएर ५ फिटभन्दा बढी अगाडि बढाएर पर्खाल निर्माण गरेको हो । स्थानीयले लगाएको बारे वडाध्यक्ष मुन्नाले ती पर्खाल निर्माणमा आफ्नो कुनै संलग्ना नरहेको भनी ठाडो अस्वीकार गरेका छन् । उनले भने लालपूर्जा र नक्सा बमोजिम नै पर्खाल निर्माण गरेको मलाई जानकारी रहेको छ । स्थानीयकै सहमतिमा चौताराभन्दा ६ फिट जग्जा छाडेर पर्खाल निर्माण गरेको भन्ने कुरा जानकारीमा आएको हो । यदि धार्मिक स्थलको जग्गा मिचेर पर्खाल निर्माण गरेको हो भने नापनक्सा भिडाएर भोली नै त्यो पर्खाल भत्काई दिन्छु ।

पर्खाल निर्माण रोक्नमा प्रमुख भूमिका निर्वाह गरेका पूर्व वडाध्यक्ष जानकीराम साहले भने वर्तमान नक्सा र लालपूर्जा अनुसार चौतारा रहेको आधाभन्दा बढी जग्गा शत्रुध्न साहको नाममा छ । तर २०४४ सालको सर्वे नापीको अघिको नक्सामा चौतारभन्दा ११÷१२ फिट पर छ । धार्मिक अस्तित्व बचाउन मैले आफ्नो कार्यकालसम्म पर्खाल निर्माण गर्न दिएनौं । तर पछि के कसरी निर्माण गरियो मलाई थाहा छैन ।

यता जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख मनोज साहले भने धार्मिक जग्गा कसैले अतिक्रमण गर्नु उचित होइन । यदि कसैको निजी नामसारी जग्गा हो भन्ने बलभन्दा पनि कानूनी लडाई लडेर धार्मिक अस्तित्व जोगाउनु पर्छ । तर वास्तविकता हो भन्ने बारे म घटनास्थलमै गएर हेरेपछि मात्र भन्नेछु ।

यता धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले धार्मिक पौवापाटीको जग्गा कसैले अतिक्रमण गरे कानून बमोजिम कारवाही हुने बताए ।