जनकपुर, असार ७
जनकपुरधाम स्थित एक होटेलमा आगलागी हुँदा सम्पूर्ण सामग्री नष्ट भएको छ ।
मंगलबार विहान धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित भैरव चोकमा रहेको बासबारी होटेलको भान्छाघरबाट लागेको आगोले सम्पूर्ण सामग्री जलेर नष्ट भएको हो ।
सो आगलागीलाई नेपाली सेना र प्रहरीले संयूक्तरुपमा नियन्त्रणमा लिएको छ ।
आगलागीबाट १५ लाख रुपैयाँ भन्दा बढीको सामग्रीहरु जलेर क्षति भएको प्रारम्भिक अनुमान रहेको धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले जनाएका छन् ।

उनले आगलागीको कारण बारे अनुसन्धान भईरहेको बताए ।
सो बासँबारी होटेलका सञ्चालक भरत साह हुन् ।



