जनकपुर, असार ३०
पूर्वमन्त्री रेणु यादवले जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी तथा केन्द्रीय सदस्यबाट राजीनामा दिएकी छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा पत्र बुझाउँदै नेतृ यादवले कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने बताएकी हुन् ।
उनले राजिनामा पत्रमा भनेकी छिन््, ‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट समेत अलग हुने निर्णयमा पुगेको छु ।
तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु ।’
नेतृ यादव पछिल्लो समय पार्टीले गरेको मन्त्री हेरफेरको विषयमा असन्तुष्ट थिइन् । नयाँ पठाइएका मन्त्री समावेशी नभएको र एक जना पनि महिला नभएको भन्दै उनले आपत्ति समेत जनाउँदै आएकी छन् ।
