काठमाण्डौ, असार ३१
प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् ।
नवनिर्वाचित भुसालले आफ्नो दायित्व थपिएको बताईन् । संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामो समयदेखि रिक्त रहेको उपसभामुखको पदपूर्ति भएको भन्दै संविधानको पूर्ण पालना भएको पनि बताइन् । उनले उक्त पदमा आफु निर्वाचित भएपछि दायित्व बढेको समेत प्रतिक्रिया दिइन् ।
उनले भनिन्, ‘यो पदमा निर्वाचित भएपछि ममाथि दायित्व थपिएको छ’, उनले अघि थप्दैँ भनिन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न दृढ संकल्प छु ।’
