सप्तरी, असार ३२
सप्तरीको एक घरमा ग्यास सिलिण्डर विस्फोट भएर आगलागी हुँदा लाखौँको क्षती भएको छ ।
सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्बर १० स्थित खड्गपुरमा आगलागी हुँदा लाखौंको क्षति भएको हो ।
सप्तरीको बोदेबरसाईन नगरपालिकाको वडा नम्बर १० स्थित खडगपुर बस्ने खगेन्द्र यादवको घरमा बलिरहेको ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा लाखौंको धन सम्पति जलेर नष्ट भएको छ ।
आगलागीमा ८ क्विन्टल चामल, २० क्विन्टल धान, चना १ क्विन्टल, तोरी ४० किलो, साइकल १ थान, सिलिन्डर ३ थान (सानो, ठुलो), १ लाख ५० हजार नगद, सुन ३ तोला र चाँदी ३ किलो डढेर नष्ट भएको पीडित परिवारजनले जानकारी दिएका छन् ।
एकै ठाउँमा राखिएको तीन वटा सिलिन्डर पड्किँदा आगलागी भएको थियो । आगो निभाउने क्रममा तीन स्थानीय घाइते समेत भएका छन् । घाइते हुनेहरूमा कारी दास, महेश यादव, धिरेन्द्र यादव रहेको स्थानीवासीको भनाई छ ।
