जनकपुर, साउन १

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने १३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण बढेसँगै लामो समयपछि नेपालमा कसैले ज्यान गुमाएका हो ।

नेपालमा हालसम्म ११ हजार ९५३ जनाको कोभिड–१९ बाट मृत्यु भइसकेको छ । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाण्डौमा ४३ जना रहेका छन् भने सिरहामा ११ तथा कास्कीमा १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ४१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११४ तथा एन्टिजेन विधिबाट २१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस अवधिमा थप ५९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४३९ रहेको छ ।