काठमाण्डौ, साउन ४

नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मिन विश्वकर्मा मनोनित गरिएको छ ।

संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार उनीहरूलाई मनोनित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको सो स्थानमा यादवलाई नियुक्त गरेको उनले बताए ।

सचेतक पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुख भएपछि सो ठाउँमा विश्वकर्मालाई मनोनित गरेको उनले बताए ।