गौशाला, साउन ४
महोत्तरीको गौशालामा विपरित दिशातर्फबाट आईरहेको मोटरसाईकल एक आपसमा टक्राउँदा एकको घटनास्थलमै मृत्यू भएको छ । भने एक जना घाइते भएको छ ।
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ स्थित गौशाला–सम्सी सडकखण्डमा भएको दुर्घटनामा परि महोत्तरीकै औरही नगरपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय बिबेक यादवको घटना स्थलमै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।
सम्सीबाट गौशालातर्फ आउँदै गरेको प्रदेश नं. २–०२–००३ प ७७३८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट जाँदै गरेको प्रदेश नं. २–०२–००१ प ८६७९ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
दुर्घटनामा प्रदेश नं. २–०२–००३ प ७७३८ नम्बरको मोटरसाइकल चालक गौशाला नगरपालिका वडा नम्बर ४ स्थित रजखोर बस्ने २५ वर्षीय कृष्ण यादवको हात, खुट्टा र टाउकोमा चोटपटक लागि गम्भीर घाईते भएको छ भने उनको गौशाला स्थित स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार भई थप उपचारका लागि काठमाण्डौ लगिएको ईप्रका गौशालाले जनाएको छ ।
त्यस्तै घटना स्थलमा मृत्यु भएका यादवको शव परिक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाईएको छ ।
