जनकपुर, साउन ४

मधेश प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै जनमत पार्टीले तालाबन्दी गरेका छन् ।

बुधबार जनमत पार्टीको नेतृत्वमा जारी रहेको किसान आन्दोलन अन्तर्गत जनकपुरधाममा प्रदर्शन गर्दै कार्यकर्ताहरुले कृषि मन्त्रालयमा तालाबन्दी गरेका हुन् ।

मन्त्रीहरुलाई जनकारवाही गर्ने भन्दै मन्त्रालयमा पुग्दा मन्त्रीहरुलाई नदेखेको भन्दै मन्त्रालयमा तालाबन्दी गरि फर्केका हुन् ।

मन्त्रालयले किसानका योजनाहरुमा व्यापक भ्रष्टाचार भएको, कृषिकहरुलाई दिइएको योजनामा मन्त्री र कर्मचारीलाई कमिसन नदिँदा भुक्तानी रोकेको भन्दै जनकारवाहीका लागि किसानहरु मन्त्रालयमा पुगेको जनमत पार्टीका धनुषा जिल्ला इन्चार्ज बीपी साहले जानकारी दिए ।

No photo description available.

उनले भने, ‘मन्त्रालयमा भएको भ्रष्टाचारमाथि छानविन हुनु पर्ने, किसानको रकम भुक्तानी हुनु पर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनु पर्ने हाम्रो हो ।’

उनले सो विषयहरुमा प्रदेश सरकारले पहल नलिएमा थप आन्दोलनका कार्यक्रमहरु ल्याई आन्दोलन गर्ने चेतावनी समेत दिए ।

जनमतका कार्यकर्ताहरुले किसान आन्दोलन अन्तर्गत धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।