जनकपुर, साउन ८
जनकपुरधामको एक मदिरा पसलबाट चोरी गरिएका विभिन्न सामग्रीसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ५ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका २ मा डेरा लिएर बस्दै आएका २१ वर्षीय मनोज यादब रहेको धनुषा प्रहरीले जनाएको छ ।
शनिवार रातिको समयमा जनकपुरधाम वडा नम्बर २ स्थित कदम चोकमा हेको खुश्बु कोल्ड स्टोरमा चोरी भएको खबर प्रहरीमा आइतवार विहान आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष अनुसन्धान टोलीले चोरीमा संलग्न रहेको आरोपामा यादवलाई डेराबाट नै नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
आरोपित यादवको कोठाबाट चोरीको विभिन्न सामग्री सहित पक्राउ गरिएको उनले बताए ।
सो सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
