सिरहा, साउन १०
मिटरब्याजी विरुद्ध पीडितहरु एक जुट हुन थालेका छन् ।
मिटरव्याजीबाट पीडित भएका विभिन्न घटनाहरु सार्वजनिक भएसँगै पीडितहरु संगठित हुँदै मिटरब्याजविरुद्ध चरणवद्ध संघर्ष गर्ने जनाएका छन् ।
मंगलबार मिर्चैयामा भएको एक भेलाबाट सिरहाका मनोज पासवानको संयोजकत्वमा प्रदेश स्तरीय संघर्ष समिति समेत गठन गरेका छन् ।
संघर्ष समितिमा मधेश प्रदेशका विभिन्न जिल्लाका पीडितहरुलाई समेटेका छन् । समितिले मिटरब्याज घटनाका पीडितहरुलाई सम्पर्कमा ल्याउनका लागि योजनावद्ध ढंगबाट अघि बढ्ने भएका छन् ।
संघर्ष समितिले संघर्षका कार्यक्रमहरु पनि सार्वगर्दै यही साउन १५ गते आइतबार जनकपुरधाम स्थित मुख्यमन्त्री कार्यालय घेराउको कार्यक्रम रहेको जनाइएको छ ।
साउन १५ गतेपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक तय गरेका छने भने मिटरब्याजले मधेश प्रदेशमा ठूलो समस्याको रुपमा रहेको भन्दै राज्यले निकास नदिएसम्म संघर्ष जारी राख्ने मिटरव्याजी विरुछको आन्दोलनका अगुवा संघर्ष दाहालले जनाएका छन् ।
