जनकपुर, साउन ११
तराई–मधेश लोकतान्त्रिक पार्टीले जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरलाई साना मझौला उद्योगहरुको केन्द्रको रुपमा विकास गर्न माग गरेका छ ।
तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै जचुकालिको परिसरलाई मधेश प्रदेश सरकारले सचिवालयको निमित्त चयन गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले जचुकालि परिसरमा त्यतिबेलाको आवश्यकता अनुसार मधेश प्रदेश सरकार स्थापना गर्नु पर्ने आवश्यकता रहेकाले त्यतिबेला स्थापना गरिएको जनाउँदै उनले अब यसलाई साना तथा मझौला उद्योगहरु स्थापना गरि सञ्चालन गर्नुपर्ने माग गरेका हुन् ।
मधेश पदेश सरकार स्थापित हुँदा तत्कालको आवश्यकता हेरी जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरको उपयोग उचित नै थियो, तर यसलाई सदाको निमित्त हस्तान्तरण गर्दा यसको ऐतिहासिक महत्व गुमेर जानेछ, सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अध्यक्ष लालले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, मधेश प्रदेश सचिवालयको निमित्त नयाँ जग्गाको खोजी गरी निर्माण कार्यमा लाग्नु पर्ने हाम्रो मान्यता हो । आफ्नो बजेटको आधा जति भाग खर्च गर्न नसकेको मधेश प्रदेश सरकारको निमित्त लगानी भने समस्या रहेको देखिन्न ।
बजेटलाई बदरुप देखिने गरी बाँडफाँड र वैकासिक रणनीति विनाको अनुपयोगी खर्चमा लगाउनुभन्दा मधेश प्रदेश सचिवालयको निर्माण बढी उपयूक्त हुने उनले जनाएको छ । उनले जनकपुर क्षेत्रको निमित्त यो नयाँ र महत्वपूर्ण निर्माणको अवसर पनि हुने उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सो विज्ञप्तिमा जचुकालिको आवश्यक पूर्वाधार रहेको यस परिसरलाई साना मझौला उद्योगहरुको केन्द्रको रुपमा विकासित गरिनुपर्दछ र यसो गर्दा यस क्षेत्रमा उद्योग स्थापना गर्ने र उत्पादनको क्षेत्रमा कार्य गर्ने उद्यमीहरु प्रोत्साहित हुनेछन् भने तिनीहरुलाई एकीकृत पूर्वाधार र सुविधा प्राप्त केन्द्रमा उत्पदनको सुविधाम प्राप्त हुनेछ । यसले लागत पूँजी पनि कम गर्नेत । जनकपुर रेल्वे र अन्य सुविधाले गर्दा उत्पादकहरुलाई बजार पहुँच पनि सजिलै प्राप्त हुनेछ । उल्लेख छ ।

