जनकपुर, साउन ११
अवैध औषधी पसल रहेको भन्दै औषधि व्यवस्था विभागले तीन वटा औषधी पसलमा सिलबन्दी गरेको छ ।
जनकपुरधाममा विना दर्ता नै लामो समय देखि सञ्चालनमा रहेको औषधी पसलमा अनुगमन गर्दा तीन वटा औषधी पसल अवैधरुपमा सञ्चालनमा रहेको पाइएपछि सिलबन्दी गरिएको हो ।
सो क्रममा बुधबार जनकपुरधाममा विभागले औषधी पसलमा छापा मार्न थालेपछि औषधी व्यवसायीहरु डारएर पसल नै बन्द गरेर भागेका थिए ।
विभागका फार्मेसी अधिकृत सर्फराज अहमद खानले जनाए अनुसार अस्पताल रोडमा संचालित पूर्वी क्लिनिक जनकपुर प्रादेशिक अस्पताल अगाडीको अर्थोपेडिक ट्रामा क्लिनिक भित्र संचालित औषधि पसलमा सिल गरेको छ ।

नियामक निकायले परम्परागतरुपमा अवैधानिक औषधी पसलहरुमा अनुगमनको नाममा अनुगमन नाम मात्रको गर्ने गरेको आरोप स्थानीय औषधी व्यवसायीहरुले लगाएका छन् ।
