बारा, साउन १२

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जीर्ण उद्योगहरु सरकारले चलाउन नसक्ने बताएका छन् ।
उनले एक्लैले चलाउन नसक्ने भन्दै त्यस्ता उद्योग निजी क्षेत्र र सरकारको साझेदारीमा चलाउनुपर्ने बताएका हुन् ।
मन्त्री बडुले विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’को अनुगमनका क्रममा उद्योग मन्त्री बडूले निजी क्षेत्र र सरकारको साझेदारीमा पनि चलाउन नसक्ने उद्योगहरुको हकमा सरकारलाई राजस्व दिएर निजी क्षेत्रले आफैले चलाउन सक्ने टिप्पणी गरेका छन् ।

उनले भने, ‘तपाई आफै उद्योग चलाउनुस् भनेर निजी क्षेत्रलाई गुहार्नुपर्ने अवस्था छ, विशेष औद्योगिक क्षेत्रमा ६० प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योगहरु आइदिनोस् भन्ने हाम्रो चाहना हो, कहिले पूरा होला !’ उद्योग । सिमरा सेजमा ३० वटा निजी कम्पनीले करिव ७ अर्बको लगानी गर्न ६० वटा प्लट (जग्गा) ओगटेका छन् । सेजको ‘ए ब्लक’ को ३४३ बिगाहा क्षेत्रफलमध्ये १६० बिगाहा तत्कालै उद्योग सञ्चालन गर्न मिल्ने छन् । ती जग्गा ओगटेका उद्योगहरुले संरचना निर्माणको काम भने सुरु गरेका छैनन् ।’

उनले उद्योग मन्त्री बडूले पनि सरकारको जग्गा बैंकमा धितो राख्न अनुमति दिँदा उद्योग टाँट पल्टिएको अवस्थामा के गर्ने भन्ने जोखिम रहने बताए ।

सेजले ‘ए ब्लक’ मा उद्योग सञ्चालनका लागि आवश्यक प्रशासनिक, बैंक, बीमा, क्यान्टिन, भन्सार, आन्तरिक सडक, पानी, ढल लगायतका सम्पूर्ण भौतिक पूर्वाधार निर्माण गरिसकेको छ । सेजसम्म पुग्ने पहुँच मार्गको हकमा मुआब्जाको समस्या समाधान गरेर हालको बाटो उपयुक्त नभए तत्कालै वैकल्पिक बाटो खोल्न मन्त्री बढुले निर्देशन दिएका छन् । उनले सरकारले आफैले चलाउँछु भनेर सुरु गरेका उद्योगहरु बन्द अवस्थामा पुगेकाले अब निजी क्षेत्रको सहकार्यमा मात्रै उद्योगहरु सञ्चालन गर्न सकिने टिप्पणी उनले गरे ।

मन्त्री बुले पछिल्लो समय व्यापार घाटा भयावह रुपमा बढ्दै गएको भन्दै आन्तरिक उत्पादनलाई नै उपभोग गर्ने बानी बसाल्न सुझाव पनि दिएका छन् ।