जनकपुर,साउन १२

पछिल्लो २४ घण्टामा ७१० जनामा कोरोना संक्रमित थपिएको छ भने दुईजनाको मृत्यु भएको छ ।

आरटी पिसिआर विधिबाट ५ हजार २५ जनामा गरिएको नमुना परीक्षणमा ५२४ र एन्टिजेन विधिबाट १८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ । भने २१५ जना डिस्चार्जसमेत भएको मन्त्रालयले जनाएको छ ।