जनकपुर, साउन १९

यात्रुहरुलाई खाजा तथा नास्ताका लागि समस्या हुँदै आईरहेको समयमा जनकपुर विमानस्थलमा एक होटेल संचालनमा आएको छ ।

विमानस्थलमा संचालनमा ल्याइएको सो होटेलको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले उदघाटन गरेका हुन् । होटेल संचालक, उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष जितेन्द्र महासेठ लगायतको उपस्थितिमा नगरप्रमुख साहले उद्घाटन गरेका थिए ।

लड्डु गोपाल स्वीट एण्ड स्नैक्सका संचालकले विमानस्थलमा होटेल संचालनमा ल्याएको हो । होटेल संचालनमा आएपछि विमानस्थलमा आउने यात्रुहरुलाई खाजा तथा खानाका लागि समस्या नहुने होटेलका संचालक वीरेन्द्र साहले जानकारी दिए । उनका अनुसार होटेलमा मांशाहारी तथा शाकाहारी दूबै प्रकारको खाना उपलब्ध रह्ने छ ।

No description available.

बजार भाउभन्दा २० प्रतिशत बढी मूल्य मात्रै विमानस्थलमा तिर्नुपर्ने होटेल संचालक साहले बताए । विमानस्थलले निकालेको टेण्डर पारेर लड्डु गोपाल स्वीट्स एण्ड स्नैक्स होटेल संचालनमा ल्याइएको हो ।

१९ लाख ८० हजारमा ३ वर्षका लागि विमानस्थलले निकालेको सो टेण्डर वीरेन्द्रले हात पारेका थिए ।