जनकपुर, साउन २२

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भ्रातृसंगठन लोकतान्त्रिक विद्यार्थी संघले मधेश प्रदेशका सभामुख सरोजकुमार यादवलाई ज्ञपानपत्र बुझाउँदै मुख्यमन्त्री लालबाबु राउतलाई बर्खास्त गर्न माग गरेको छ ।

आइतबार सभामुख यादवलाई ज्ञापन पत्र बुझाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साईकल खरिदमा अनियमितता भएको विषयमा आरोपपत्र दायर गरेको भन्दै विद्यार्थी संघ मधेश प्रदेश अध्यक्ष मिथिलेश यादवले मुख्यमन्त्री राउतलाई पदमुक्त गर्न माग गरेको हो ।

मधेस प्रदेशमा महिलाहरुको आर्थिक, सामाजिक र शौक्षिक अवस्था कम्जोर रहेको सन्दर्भमा छोरीहरुको चौतर्फि ब्यक्तित्व विकास एवम् सशक्तीकरणको लागि उनीहरुको शिक्षामा पहुँच सुनिश्चित गर्दै लोककल्याणकारी राज्यको भावना अनुरुप लौङ्गिक विभेद मुक्त समाजको स्थापना मार्फत समग्र समाजकै रुपान्तरणको परिकल्पनालाई सार्थक तुल्याउन प्रदेश सरकारबाट मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान कार्यक्रम उच्च मनोवलका साथ प्रदेशका आठ वटै जिल्लाका सामुदायिक बिधालयहरुमा अध्ध्ययनरत्त छात्राहरुलाई सहज ढङ्गले बिधालय आवतजावतका लागि कक्षा आठ (८) मा अध्यनरत्त छात्राहरूलाई साइकल वितरण कार्यक्रम संचालनमा ल्याइएको उनले बुझाएको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्रीको कार्यालयकै नाममा संचालित रहेको कार्यक्रम र सो कार्यक्रमलाई कार्यान्वयन गर्ने र विद्यालयहरुमा साइकल वितरण गर्ने कार्य स्वयम् मुख्यमन्त्रीद्वारा नै भएको हुँदा यस भ्रष्टाचारमा प्रत्यक्ष मुख्यमन्त्री पनि दोषी रहेको भनी हाम्रो ठहर रहेको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

अध्यक्ष यादवले भने, ‘यति मात्र नभई मुख्यमन्त्री कार्यालयद्वारा संचालित स्वच्छता अभियान अन्तर्गत सार्वजनिक जग्गा तथा सामुदायिक बिधालयमा शौचालय निर्माण, पोखरी सौन्दर्यकरण, कोभिड अस्पताल निर्माण, जानकी मन्दिर सौन्दर्यकरण, विमा योजना, मधेस स्वास्थय बिज्ञान प्रतिष्ठान आदि जस्ता कार्यक्रममा पनि अनियमितता भएको भनी हाम्रो ठहर्याई रहेको छ ।’

उनले अघि थप्दैँ भने, ‘यी सबै कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट संचालनमा रहेको हुँदा यिनमा संलग्न रहेका भ्रष्ट कर्मचारी र यिनलाई संरक्षण दिने नाइके स्वमं यस प्रदेशको मुखिया मुख्यमन्त्री नै रहेको हुँदा मुख्यमन्त्री स्वमंले नौतिकताको हिसाबले राजिनामा दिई प्रदेशलाई नैतिक आचरणयुक्त प्रदेश निर्माणमा सहयोग गर्नु पर्थ्यो तर मुख्यमन्त्रीद्वारा हालसम्म राजिनामा नआएको हुँदा हामीले माननीय प्रदेश प्रमुख ज्युलाई यहि मिति २०७९÷०४÷२० गते मुख्यमन्त्री लालबाबु राउतको बर्खास्तीका लागि जोडदार माँग गर्दै ज्ञापनपत्र बुझाएका बारे माननीय सभामुख ज्युलाई जानकारी गराउन चाहन्छौँ ।’

उनले मुख्यमन्त्री लालबाबु राउतले छोरीको नाममा भ्रष्टाचारी रहेको भनि आरोप लागिसकेपछि तत्कालै छानविनसम्मका लागि राजिनामा दिनुपर्ने बताए ।