जनकपुर, साउन २२
चुरे संरक्षण तथा भूमिहिन सुकुम्वासीहरुका बालबालिकाले जनकपुरधाम नगरको प्रदर्शन गर्दै मधेश प्रदेश सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।
आइतबार जनकपुरधाममा १९ दिनदेखि आन्दोलित रहेका सुकुम्बासीहरुले आ–आफ्ना बालबालिकालाई सडकमा उतार्दै बालबालिकाको भविष्य प्रति गम्भिर हुन भन्दै जनकपुरधाम उपमहानगरको प्रदर्शन गरेका हुन् ।
विगत १९ दिनदेखि रिले अनसन गर्दै आईरहेका चुरे तथा वनजंगल संरक्षण अभियानले रिले अनसन र सडक तताउनलाई सडक आन्दोलन समेत गर्दै आएका छन् ।
बालबालिकाको भविष्य, शिक्षाको ग्यारेन्टी, गाँस, बास र कपाससहितको मौलकि अधिकारप्रति मधेश प्रदेश सरकार गम्भिर नभएको आरोप सुकुम्बासी आन्दोलनकारी पुनम साहले बताईन् ।
काखीमा बच्चा च्याप्दैँ उनले हामी लामो समयदेखि जनकपुरधामको विभिन्न कुनाकाप्चामा डेरा लिई बसेपनि केहिले घरपट्टीले डेरा खाली गर भन्ने अनि फेरी अर्को डेरा खोजेर बस्नुपर्ने, महँगीको चाँप, डेरा सार्ने समस्या, रोजगारीको समस्या र त्यसमाथि पनि बालबालिकाको भरणपोषण, स्याहारसोसार र शिक्षादिक्षाका कारण पनि लामो समयदेखि घरबारविहीनको अवस्था रहेकाले हाम्रो स्थायी बसोबासको व्यवस्था गरिदिन मधेश प्रदेश सरकारसँग उनले माग गर्दै भनिन् ।
त्यस्तै सुकुम्बासीका राष्ट्रिय संयोजक सुनिल यादवले मधेश प्रदेश सरकारले हामीसँग गरेको पाँच बुँदे सम्झौता अनुसार सार्वजनिक जग्गा कब्जा गरेका मारुति सिमेन्टलाई एक कार्यक्रम वीच सम्मान गरेर मुख्यमन्त्री देखि मन्त्रीसम्मले घुस खाएको आरोप लगाए । उनले तत्काल हामीसँग मधेश प्रदेश सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग समेत गरे ।
उनीहरु सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरधामको जनक चोकमा रिले अनसन र मधेश प्रदेश सरकारको विरुद्धमा दिनहुँ प्रदर्शन गरिरहेका छन् ।
