जनकपुर, साउन २४

नवगठित तराई मधेश लोकतान्त्रिक पार्टीले लोकतान्त्रिक अभ्यास र पद्धतिलाई व्यवहारिकरुपमा आत्मसात सत्तारुढ दलले गर्न नचाहेको आरोप लगाएका छन् ।

मंगलबार जनकपुरधाम स्थित तमलोपाको केन्द्रिय कार्यालयमा केन्द्रिय अध्यक्ष वृशेषचन्द्र लालको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभालगतयका निकाय स्वतः निष्क्रिय अवस्थामा परिणत हुनुपर्ने भन्दै उनले संसदीय लोकतन्त्रको मान्यतालाई सत्तारुढ दलले दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाहरुको निर्वाचन घोषित भइसकेपछि पनि प्रतिनिधिसभा र प्रदेशसभाहरू क्रियाशील रही रहनु हास्यास्पद अस्वस्थ परम्पराको थालनी र लोकतान्त्रिक चुनावको मान्यताको विपरित रहेको तमलोपाको बैठकको निष्कर्ष रहेको केन्द्रिय सदस्य उमेश मण्डलले बताए ।

मंसिर ४ मा हुने निर्वाचनमा सहभागी हुने भन्दै यसका लागि अन्य राजनीतिक दलहरुसंग सहकार्य, गठबन्धन लगायतका विषयमा सम्पर्क, छलफलका तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहलाई तमलोपाको बैठकबाट जिम्मेवारी दिएको उनले बताए ।

नेपाल नागरिकता ऐन संशोधन विधेयक संघीय संसदबाट पारित भइसकेपछि पनि प्रमाणीकरणमा राष्ट्रपतिबाट अनावश्यक ढिलाई भएको भन्दै तमलोपाले ध्यानाकर्षणसहित चिन्ता व्यक्त समेत गरेको छ । तमलोपाले सो विधेयक तत्काल प्रमाणिकरण गर्न माग गरेका छन् ।

No description available.