जनकपुर, साउन २६

नागरिकता समस्या, चर्को मूल्यवृद्धि र चरम मल अभाव विरुद्ध नेकपा क्रान्तिकारी माओवादीसहित ६ दलीय मोर्चाले संयूक्त विरोध कार्यक्रम गरेको छ ।

बिहीबार जनकपुरधाममा संयूक्त विरोध कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सचिव रामदुलार महतोले मिलिनियम चैलेन्ज कार्पोरेसन (एमसिसि) को विरोध गरे झँै सत्तारुढ दलहरुले स्टेट पार्टनरसीप प्रोग्राम समेत षड्यन्त्रमृुलक सम्झौता गर्न खोजेको आरोप लगाए ।

सचिव महतोले एमसिसिको सुरुमा विरोध गर्ने पछि कार्यान्वयन तर्फ लैजाने दलहरुले एसपिपि सम्झौता गरेर मुलुकलाई अमेरिकी सैनिकको आखाडा नाटोको सदस्य बनाउनका लागि षड्यन्त्रमुलक कार्यहरु भईरहेको बताए । सत्तारुढ दलले मुलुकलाई बन्धक बनाएर जनतालाई गुलाम बनाउन चाहेको आरोप लगाए ।

त्यस्तै नेकपा क्रान्तिकारीका धनुषा जिल्ला ईन्चार्ज शीतल कर्णले मधेशमा जन्मसिद्धका सन्तानलाई नागरिकता नभएकै कारण आफ्नो मौलिक अधिकारबाट समेत वञ्चित हुनु परेको बताए ।

उनले जथाभावीरुपमा मूल्यवृद्धि हुँदासमेत स्थानीय तहको सरकार, प्रदेश सरकार र संघ सरकारले भ्रष्टाचार गरिरहेकै कारण मूल्यवृद्धि आकाशिदा समेत मौन बस्नु जनतालाई ठगी रहेको आरोप लगाए ।

त्यस्तै नेकपा बहुमत धनुषाका जिल्ला सदस्य बिन्देश्वर माझीले सरकारले मुलुकलाई द्वन्द्व तर्फ धकेल्ने खोजेको आरोप लगाए ।