जनकपुर, साउन २९

नेकपा एकिकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको मधेश प्रदेश समितिको प्रथम अधिवेशनबाट १३ सदस्यीय समिति गठन गरिएको छ ।

संगठनको मधेश प्रदेश अध्यक्षमा प्रवीण साहलाई सर्वसम्मतरुपमा चयन गरिएको जनाइएको छ ।

त्यस्तै उपाध्यक्षमा प्रवीण शर्मा, महिला उपाध्यक्षमा प्रकृति अधिकारी, सचीव रमेश सुवेदी, सह–सचीव प्रमोद चालिसे र कोषाध्यक्षमा रामपुकार यादवलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा सलिता सदा, नवीन साह, अजित कर्ण, नरेश गुप्ता र विनोद पटेल छन् ।

नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यबाहक महासचीव गोबिन्द चौंलागाईको प्रमुख आतिथ्यमा भएको प्रदेश अधिवेशन कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीको मधेस प्रदेश इन्चार्ज धर्मनाथ साह, नेकपा एसका उपमहासचिव जगन्नाथ खतिबडा, मधेश प्रदेशका उद्योग, पर्यटन, वन, वातावरण मन्त्री सत्रुधन महतो, नेकपा एसका सचीव नगेन्द्र चौधरी, नेकपा एसका मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादव, समाजवादी प्रेस संगठनका केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठ, महासचिव भुपराज खड्का केन्द्रिय सदस्य प्रेमचन्द्र झा, बृहत्तर जनकपुरक्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरी भट्टराई , प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिका अध्यक्ष किरण कर्ण लगायतकाले शुभकामना मन्तव्य दिएका थिए ।