जनकपुर, साउन ३१

प्रहरी समायोजनको माग राखेर मधेश प्रदेश सरकारले तीन दिन देखि गर्दै आएको धर्ना कार्यक्रम स्थागित गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधमा धर्ना कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी गराएका हुन् ।

मंगलरबार मधेश प्रदेश प्रमुखको नीजि सचिवालयको कार्यालय परिसरमै धर्ना स्थलमा पत्रकार सम्ेमलन गरेर मुख्यमन्त्री राउतले बताए ।

मुख्यमन्त्री राउतले भने, ‘गृहमन्त्रीसंग कुराकानी भएपछि प्रधानमन्त्रीसँग पनि कुराकानी भयो, वहाँले गठबन्धनकै सरकारमा हामी छौँ, त्यहाँ पनि हाम्रो गठबन्धनकै सरकार छ, प्रहरी समायोजनको मागमा हामी पनि सकारात्मक नै छौँ, त्यसैले भोली बन्ने सरकारले प्रहरी समायोजनको विषयलाई प्रायोरिटिमा राखेर प्रहरी समायोजन हुन्छ नै, तपाईहरुको माग पूरा अवश्य पनि हुन्छ, तसर्थ मेरो अनुरोध छ, तत्काललाई धर्ना कार्यक्रम स्थगित गर्नुस् ।’

उनले मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले पनि लामो समयदेखि लविंग गर्दै आएको हुनाले वहाँको पनि पहलकदमीले माथि( संघीय सरकार)सँग कुराकानी सकारात्मकरुपमा भएको बताए ।

उनले हामीले संविधानतहत तत्काल प्रदेश सरकारले प्रदेशवासीको शान्ति सुरक्ष ागर्न नसकेपनि संघीय सरकारबाट सकारात्मक आश्वासन पाएपछि धर्ना कार्यक्रमलगायतका आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको स्पष्ट पारे ।

गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रहरी समायोजन एक साता भित्र गर्नुपर्ने भन्दै संघीय सरकार विरुद्ध आन्दोलनलगायतका धर्ना कार्यक्रम गर्दै आएका थिए ।