जनकपुर, साउन ३१
सोनालिका सिंह उर्फ निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयूक्त टोलीले आरोपित श्रेष्ठलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।
धनुषाकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै काठमाण्डौमा आत्महत्या प्रयास समेत गरेकी थिइन् । उनले आरोपित श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् ।
