जनकपुर, भाद्र ३
अवैध रूपमा बालुवा, गिट्टी उत्खन्न गर्ने ६ वटा सवारी साधनहरूलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको अधारमा प्रहरी चौकी चिसापानी धनुषाबाट खटेको टोलीले जिल्लाको गणेशमानचारनाथ नगरपालिका वडा नम्बर ५ स्थित कमला खोलाबाट ति सवारी साधनहरू नियन्त्रणमा लिएको हो ।
मापदण्ड विपरित अवैध रूपमा बालुवा, गिट्टी उत्खन्न गरिरहेको अवस्थामा ज.१ त. ८५०५, स.१ त. ७६३७, प्रदेश २–०२–००१ त. १५३६, प्रदेश २–०२–००३ त. ४४४१, प्रदेश २–०३–००१ त. १३५६ र प्रदेश २–०१–००१ त. ०४६४ नम्बरको ट्याक्टरहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
नियन्त्रणमा लिइएका सो सवारी साधनहरूलाई आवश्यक कारवाहीका लागि गणेशमानचारनाथ नगरपालिकाको कार्यालयमा पठाइएको र नगरपालिकाले जनही ५ हजार रुपैयाँका दरले जरिवाना गरेपछि छाडिएको छ।
