जनकपुर, भाद्र १३
नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादवले नेकपा एमालेका नेतालाई असभ्य अभिव्यक्ति बोलेको भन्दै नेकपा एमाले धनुषाले आपत्ति जनाएको छ ।
नेकपा एमाले धनुषाका जिल्ला सचिव तेजनारायण यादवले एमालेका केन्द्रिय सचिव तथा मधेश प्रदेश ईन्चार्ज रघुवीर महासेठ र पोलिटव्यूरो सदस्य जुलीकुमारी महतोको नाम लिएर क्षेत्रबाटै लखेट्ने जस्ता अराजनैतिक गुण्डाशैलीमा अशिष्ट अभिव्यक्ति दिएको भन्दै घोरभत्र्सना गरेको हो ।
सचिव यादवद्वारा हस्ताक्षरित जारी गरिएको विज्ञप्तिमा, ‘नेपाली काँग्रेस देशको संविधान कानून विपरित अभिव्यक्ति दिएर देशमा अराजक स्थिती सृजन गर्न खोज्दैछ ? आफुलाई लोकतन्त्रको मसिहा ठान्ने नेपाली काँग्रेस त्इसका नेताहरु व्यवहारमा लोकतन्त्र समाप्त पार्न उद्धत देखिन्छन् ।’
अगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा व्यापक धाँधली गरेर लोकतन्त्रको धज्जी उडाउने सपना देखिरहेको आरोप लगाउँदै सचिव यादवले लोकतन्त्र विरोधी हर्कतलाई नजिकबाट नियालिरहेको जनाए ।
एमालेलाई कमजोर नठान्न चेतावनी दिदँै सचिव यादवले एमाले प्रतिवाद गर्न र प्रतिस्पर्धा गर्न समेत सक्षम रहेकाले सचेत रहन समेत चेताए ।

