जनकपुर, भाद्र १९
आगामी मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले क्षेत्रीय बैठकबाट श्रीमान र श्रीमतिको नाम सर्वसम्मतरुपमा सिफारिस गरेका छन् ।
आइतबार जनकपुरधाममा भएको धनुषाको क्षेत्र नम्बर ३ को बैठकबाट पोलिटव्यूरो सदस्य जुलीकुमारी महतो एकल नाम सिफारिस गरेको छ भने धनुषाको क्षेत्र नम्बर ४ को बैठकबाट स्थायी समिति सदस्य रघुवीर महासेठको एकल नाम सिफारिस गरिएको एमाले धनुषाका जिल्ला नेता बचनदेव पँजियारले जानकारी दिए ।
क्षेत्रीय बैठकबाट सिफारिस भएपछि सोको निर्णय एमाले धनुषाको जिल्ला कमिटी बैठकले प्रदेश कार्य समितिलाई निर्णय पठाउने छ भने सो निर्णय केन्द्रीय समितिले अनुमोदन गर्ने उनले बताए ।
पूर्वमन्त्री समेत रहेकी नेतृ महतो पूर्वमन्त्री समेत रहेका एमालेका केन्द्रिय सचिव रघुवीर महासेठका श्रीमति हुन् ।
अन्य क्षेत्रमा समेत बैठक जारी रहेको छ भने अर्को दिन बस्ने बैठकले प्रदेशसभा सदस्य, प्रतिनिधि सभा सदस्य र समानुपातिकको सूची बारे निर्णय हुने गरि बैठक स्थगित भएको अर्का जिल्ला नेता सोम शर्माले बताए ।
