बारा, भाद्र २०
आउँदो मंसिर ४ गते हुन लोको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभातर्फ पार्टी अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस गरेको छ ।
सोमबार लोसपा नेपाल बाराको क्षेत्रीय कमिटी बैठकबाट अध्यक्ष ठाकुरको नाम बारा निर्वाचन क्षेत्र नम्बर–४ बाट नाम सिफारिस गरेको हो ।
अध्यक्ष ठाकुरसँगै एकवाल मिया, सिताराम गुप्ता र शिवजी साहको नामसमेत सिफारिस गरिएको लोसपा नेपाल बाराले जनाएको छ ।
यसअघि २०७४ को निर्वाचनमा ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै, प्रदेशसभातर्फ बारा ४ को (क) बाट घनश्याम गिरी र ४ को (ख) बाट पार्टीका मधेस प्रदेश अध्यक्ष पूर्वमन्त्री जीतेन्द्र सोनलको नाम सिफारिस गरिएको छ ।
सोनललाई मुख्यमन्त्रीको रुपमा लोसपा नेपालले अघि सारेको समेत चर्चा चुलिएको छ ।
