काठमाण्डौ, असोज ११

राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका सवालहरुमा संघर्षरत्त चार कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थाको विरुद्धमा आसन्न निर्वाचन बहिस्कार संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

चार कम्युनिस्ट पार्टीेले सात वटै प्रदेशमा निर्वाचन बहिस्कार संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी)का कार्यवाहक महासचिव गौरव, नेकपा (बहुमत)का संयोजक कञ्चन, नेकपा (मसाल) राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपाली र माओवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव रामनारायण पालको हस्ताक्षरमा सार्वजनिक संयुक्त प्रेस वक्तव्यमा जनघाती र राष्ट्रघाती यो संसदीय व्यवस्थालाई खारेज गरी अग्रगामी व्यवस्थाको पक्षमा नेपाली जनता उभिएकाले निर्वाचन बहिष्कारका लागि कार्यक्रम घोषणा गरेका हुन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले स्पष्टरुपमा बुझ्ने गरी बहिष्कार-अवज्ञाको कार्यक्रमलाई सफल पार्न परिवर्तनका पक्षधर सम्पूर्ण नेपाली जनसमुदायसँग हार्दिक आह्वान गरिएको छ ।

वक्तव्यमा २०७९ असोज २३ गते – चितवन, २०७९ असोज २५ गते – जनकपुर, २०७९ असोज ३१ गते – विराटनगर, २०७९ कात्तिक २ गते – पोखरा, २०७९ कात्तिक ४ गते – बुटवल, २०७९ कात्तिक १७ गते – सुर्खेत, २०७९ कात्तिक १९ गते – धनगढी, २०७९ कात्तिक २३ गते – काठमाडौंमा निर्वाचन बहिस्कार संघर्षका कार्यक्रम गर्ने घोषणा गरिएको छ । यसका साथै जिल्लाहरुले पनि आफ्ना पहलमा सङ्घर्षका कार्यक्रमहरु गर्ने वक्तव्यमा उल्लेख गरिएको छ ।

No photo description available.