जनकपुर, असोज १४

मधेश प्रदेशमा नेतृत्वको विवादका कारण नेतृत्व चयन हुन नसक्दा निर्वाचनसम्म नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै मोर्चा सम्हाल्ने भएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले मधेश प्रदेशको आठ वटै जिल्ला पार्टीको अवस्थाबारे उनी आफैले जिल्ला अध्यक्ष तथा सरोकारवालहरुसँग रिपोर्टिङ लिने भएका छन् ।

मधेश प्रदेश कमिटी बन्न नसकेपछि यस प्रदेशका ८ जिल्लाको चुनावी गतिविधि र पार्टीका अन्य काम कारबाही प्रचण्डले सिधै जिल्लाबाट लिने भएका हुन् ।

आगामी मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा चुनावको अवधिभर प्रचण्डले मधेसका ८ जिल्लाको अवस्थाको सिधै केन्द्रबाट हेर्ने पार्टीका पोलिटब्यूरो सदस्य विश्वनाथ साहले बताए ।