जनकपुर, असोज १४

मधेशवादी अगुवाका रुपमा रहेका कट्टरपंथीहरु अहिले धमाधम एमालेमा प्रवेश गरिरहेका छन् ।

यही अवसरमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यसमिती सदस्य सुनिल झा ’रोहित’ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीसँगै तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका महासचिव इन्जिनियर देवेन्द्र कुमार यादव पनि एमालेमा प्रवेश गरेका छन् ।

उनीहरु दुवैजनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले निजी निवास बालकोटमा शुक्रबार एक कार्यक्रम गरेर पार्टीमा स्वागत गरेका छन् ।

पछिल्लो समय मधेश प्रदेशबाट जनता समाजवादी र लोसपाका नेताहरु धमाधम एमालेमा प्रवेश गरिरहेका छन् ।

एमालेले मधेशमा आफ्नो पकड बलियो बनाउने क्रममा यी दुई दलबाट ५ जना बढी संघ र प्रदेश सांसदसहित उच्च तहका नेतालाई भित्र्याइसकेको छ ।