जनकपुर, असोज १५
जनकपुर सुन चाँदी व्यवसायी संघ मधेश प्रदेश कार्य समितिको सपथ ग्रहण एवं पदस्थापन समारोह सम्पन्न भएको छ ।
शनिबार जनकपुरधाममा भएको जनकपुर सुन चाँदी व्यवसायी संघ मधेश प्रदेश कार्य समितिमा निर्वाचित भएकाहरुको सपथ ग्रहण एवं पदस्थापन समारोह कार्यक्रम सम्पन्न भएको हो ।
संघको मधेश प्रदेश समितिको अध्यक्षमा अमरनाथ गुप्ता, उपाध्यक्षमा पवन कुमार ठाकुर, महासचिवमा संजयप्रसाद साह, सचिव बलराम साह, कोषाध्यक्षमा शिवशंकर प्रसाद साह निर्वाचित भएका थिए भने सदस्यहरुमा रामप्रताप गुप्ता, संजयकुमार साह, राजकुमार वर्मा, शत्रोहन साह, भरत ठाकुर र प्रमोद कुमार साह निर्वाचित भएका थिए ।
नवनिर्वाचित कार्यसमितलाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले एक समारोह वीच सपथ ग्रहण एवं पदस्थापन गराएका थिए ।
सो समारोह कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलगायतकाहरुको उपस्थिती रहेको थियो ।
