जनकपुर, असोज २०

मुलुुकभर डेंगु ज्वरोको प्रकोप फैलिरहेको अवस्थामा मधेश प्रदेशमा पनि डेंगु ज्वरोका बिरामी बढ्न थालेका छन् ।

डेंगु ज्वरो अहिले पहाडी क्षेत्रमा प्रकोपको रुपमा फैलिरहँदा मधेश प्रदेशमा पनि डेंगु प्रकोप विस्तारै फैलिन थालेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाले सबै भन्दा बढी बारा, सर्लाही र रौतटहमा डेंगु ज्वरोको प्रकोप देखा परेको जानकारी दिए ।

उनले बारामा ९२ जना, सर्लाहीमा ८६ जना, रौहटतमा ७८ जना, पर्सामा ६० जना, महोत्तरीमा ४१ जना, सप्तरीमा २५ जना र धनुषामा १८ जनामा डंगु ज्वरो लागेका विरामीहरु अस्पतालमा उपचार भईरहेको बताए ।

मधेश स्वास्थ्य विज्ञान प्रष्तिठानका डा. रविरञ्जन प्रधानले मधेश प्रदेशमा अहिले डेंगु रोगको प्रकोप बढिरहेकाले यसबाट बच्नका लागि सचेतना अपनाउन सर्वसाधारण आग्रह समेत गरे ।

उनले फोहोर मैला, पानी जमेको खाल्डोलगायतकाहरु पुर्न र सरसफाईमा विशेष ध्यान दिन आग्रह गरे ।