जनकपुर, असोज २२
पूर्व कराते खेलाडी रहेका व्यवसायी दीपेन्द्र ठाकुर धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ बाट उम्मेदवारी दिइने भएका छन् ।
आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा एमालेबाट धनुषा–३ ‘ख’ बाट उम्मेदवारी दिइने भएका हुन् ।
पूर्वकराते खेलाडी ठाकुर चर्चित रामानन्द युवा क्लबका अध्यक्ष समेत छन् । उनी विभिन्न समयमा सामाजिक कार्यमा प्रत्यक्षरुपमा संलग्न रहदैँ आएका छन् ।
सानै उमेर देखि खेलकुदमा रुचि राख्ने ठाकुर सानो समयमै ‘क’ वर्गका निर्माण व्यवसायीका रुपमा स्थापित भईसकेका छन् ।
कोरोना महामारीको पहिलो र दोस्रो लहरमा उनी फ्रन्टलाईनमै रहेर राहत वितरण देखि लिएर गरिब, असहायहरुलाई भोजनको व्यवस्थापन गराउने कार्यमा समेत प्रत्यक्षरुपमा लागि परेका थिए । समाजसेवी ठाकुरको सामाजप्रतिको उत्तरदायीत्वका कारण उनी जनसेवामा समर्पित छन् ।
उनी राजनीतिमा आएर प्रत्यक्ष रुपमा सामाजिक दायित्वलाई निर्वाह गर्ने बताउँदै आएका छन् । सामाजमा देखिएका विकृति, विसंगति विरुद्ध लड्नका लागि राजनीति एक मात्र आधार रहेकाले प्रत्यक्षरुपमै राजनीतिमा होमिएको उनले बताए ।
युवाहरु माझ लोकप्रिय समेत रहेका ठाकुरले आफू सदैव सामाज सेवाको भावमा जनताको आवश्यकता अनुसार क्षेत्रको विकासका लागि काम गर्ने बताए ।
