सप्तरी, असोज २३
सप्तरी क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकिशोर राउतसँग प्रतिस्पर्धा हुने भएको छ ।
सो क्षेत्रमा डा. राउतले पनि प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएपछि जसपा अध्यक्ष उपेन्द्रसँग प्रतिस्पर्धा हुने भएको हो ।
उपेन्द्रले एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दिएको छ ।
यस क्षेत्रमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जयप्रकाश ठाकुरले पनि उम्मेदवारी दिएका छन् ।
ठाकुरले ०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले त्यतिबेला १० हजारभन्दा बढी मत ल्याएका थिए ।
