जनकपुर, असोज २३

जनकपुरधाममा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय जनकपुर महोत्सव सुरु भएको छ ।

आइतबार जनकपुरधाममा सुरु भएको सिया इभेन्टले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय जनकपुर महोत्सव २९ गतेसम्म चल्ने छ ।

जनकपुरधामस्थित जनकपुरधाम उद्योग वाणिज्य संघमा अगामी असोज २९ गतेसम्म चल्ने महोत्सवमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका व्यापारीहरु सहभागी रहेको सिया इभेन्टका प्रबन्ध निर्देशक राकेश महतोले जानकारी दिए ।

महोत्सवको एक कार्यक्रमबिच आइतबार जनकपुरधाम उद्योग वाणिज्य संघ धनुषाका अध्यक्ष जितेन्द्र महासेठले उद्घाटन गरेका छन् ।

प्रबन्ध निर्देशक महतोले यस महोत्सवमा विभिन्न किसिमका लत्ताकपडा, घरायसी सामान, विभिन्न सामग्रीको प्रदर्शन तथा बिक्रि वितरण हुने बताए ।

यस महोत्सवमा ५० वटा स्टलहरु रहेको उनले बताए ।