जनकपुर, असोज २३

नेकपा माओवादी केन्द्रका उपमहासचिव मात्रिकाप्रसाद यादवले पाँच दलीय गठबन्धनबाट धनुषा–१ मा उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार पूर्वमन्त्री समेत रहेका नेता यादवले प्रतिनिधिसभा सदस्यका लागि धनुषाको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

नेता यादव सोही क्षेत्रका निवर्तमान सांसद पनि छन् ।

उनीविरुद्ध जनता समाजवादी पार्टी नेपालका दीपक कार्कीले उम्मेदवारी दिएका छन् ।