जनकपुर, असोज २३

धनुषाको क्षेत्र नम्बर २ (ख) मा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट नेता श्याम यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार धनुषाको विदेह नगरपालिका स्थित तिनकौरियामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रदेशसभा सदस्यका लागि नेता श्याम यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि धनुषा– २ (ख) तर्फमा प्रदेशसभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीबाट शैलेन्द्र यादव, जसपा नेपालबाट राम अशिष यादवलगायतकाले उम्मेदवारी दर्ता गराएका छन् ।