जनकपुर, असोज २६
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय निर्वाचन आयोगले दिएको छ ।
आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् ।
त्यस्तै आयोगले भने आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले पनि आफ्नो चुनाव चिह्न पनि आज नै पाउने भएका छन् ।
यता राजनीतिक दलहरुले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि व्यवस्थापनमा जुटेका छन् ।
सरुढ गठबन्धनले भने विज्ञप्ति नै जारी गरेर बागी उम्मेदवारी फिर्ता नलिए कारवाहीसहित साधारण सदस्यबाटै निष्कासन गर्ने चेतावनी दिएका छन् ।

